• गृहपृष्ठ
  • के के निर्णय गर्यो बिहीबारको मन्त्रिपरिषद् बैठकले?

के के निर्णय गर्यो बिहीबारको मन्त्रिपरिषद् बैठकले?

Oct 19th, 2023

काठमाडौँ २ कार्तिक

सरकारले राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । सरकारकी प्रवक्ता सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले आज बिहान बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी मेमोरन्डम अफ अन्ड्रस्ट्न्डिङ् बिट्विइन द गभरमेन्ट नेपाल एण्ड द गभरमेन्ट अफ रिपब्लिक अफ इजिप्ट अन कोअपरेशन इन युथ एण्ड स्पोर्टस अफेयर्स विशेष समझदारी पत्र स्वीकृत गरी सोही बमोजिमका समझदारी पत्रमा समकक्षी टिमलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय गरेका पनि शर्माले बताइन्।

मन्त्री शर्माका अनुसार नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिट्विईन् द गभरमेन्ट अफ नेपाल एण्ड गभरमेन्ट अफ द स्टेड अफ कतार कोअपरेसन इन द फिल्ड अफ प्रेस एण्ड इन्फरमेशन विषयक समझदारी पत्र स्वीकृत गर्ने, सञ्चार मन्त्रालयलाई हस्ताक्षर गर्न अख्तियार दिने भन्ने निर्णय गरिएको छ ।