• गृहपृष्ठ
  • कविताः समयले पर्खिँदैन कि लाग्थ्यो………….

कविताः समयले पर्खिँदैन कि लाग्थ्यो………….

Oct 18th, 2023

काठमाडौैं, कार्तिक १

समयले पर्खिँदैन कि लाग्थ्यो तर समयले साथ दिएछ    

सबै कुरा सिकिन्छ होला समयको गति सँग चलिरहनुपर्छ

राष्ट्रको मुहारमा खुसी ल्याउन खोजेका छौ    

सबैले रमाएर बाच्नुपर्छ पशुपतिनाथ सँग प्रार्थना गर्दछौ      

एउटै लक्ष्य एउटै प्रतिबद्धता छ देशको विकासको लागि

एउटै आकाङ्क्षा बोकेकाएउटै प्रतिबद्धता लिएका हामी

हामी जहाँ रहन्छौँ,राष्ट्रको बारेमा चासो लिएर बस्नेछौ

आफ्नो कर्तव्य र जिम्मेवारीलाई पुरा गर्ने छौ   

नेपाल आमाको मुहार खुसी हुँदा हामी खुसी हुन्छौ

देश निर्माणको कार्यमा निरन्तर लागिरहन्छौ 

यो देशको माटो सँग गहिरो सम्बन्ध राखेका छौ  

राष्ट्रको मुहारमा खुसी ल्याउन खोजेका छौ 

नाम: गोबिन्द राज ओझा (राजन)