नेपाल सात विकेटले विजयी 

Oct 18th, 2023

काठमाडौं, कार्तिक १

बुधबारबाट काठमाडौंमा सुरु त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे । ओपनर कुशल भुर्तेल १४ रनमा आउट भए । कुशल मल्ल ११ रनमा रन आउट भए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए ।

नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट हात पारे । सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बिहिबार हङकङसँग खेल्नेछ ।