• गृहपृष्ठ
  • दुई महिनामा बैंकहरुले कमाए १६ अर्ब ६४ करोड नाफा

दुई महिनामा बैंकहरुले कमाए १६ अर्ब ६४ करोड नाफा

Oct 18th, 2023

काठमाडौं, कार्तिक १

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका हुन् ।

यो अवधिमा ग्लोबल आइएमई बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकले १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा सर्वाधिक नाफा आर्जन गर्ने बैंक रहेको छ । नबिलले १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफानाफा आर्जन गरेको छ ।

हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ ।

नेपाल एसबीआई बैंकले दुई महिनाको अवधिमा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले दुई महिनामा ८७ करोड, प्राइम बैंकले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख, एनआईसी एसिया बैंकले ८० करोड, एनएमबि बैंकले ७६ करोड ७० लाख, एभरेष्ट बैंकले ७१ करोड २५ लाख, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ नाफा नाफा कमाएको छ ।

यस्तै, प्रभु बैंकले चालु आवको दुई महिनामा ६६ करोड ४१ लाख, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख, सानिमा बैंकले ५१ करोड २० लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ रुपैयाँ नाफा कमाएका छन् ।