• गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंककाे RBB गज्जब चाडपर्व अफर

राष्ट्रिय वाणिज्य बैंककाे RBB गज्जब चाडपर्व अफर

Oct 18th, 2023

काठमाडौं, कार्तिक १

बडादशैंको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ‘RBB गज्जब चाडपर्व अफर’ याेजना ल्याएकाे छ । यस ‘RBB गज्जब चाडपर्व अफर’ याेजना अन्तर्गत बैंकले ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको हाे।

आज एक सूचना जारी गर्दै बैंकले नेपालीहरुको बडादशै तथा शुभदिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको हो ।

‘RBB गज्जब चाडपर्व अफर’ याेजनाअनुसार ब्याज भुक्तानी गर्ने समय २०८० कार्तिक मसान्तसम्म लागु हुने बैंकले जनाएको छ।