सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

Oct 17th, 2023

काठमाडाैं, असाेज ३०

प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । साताको दोस्रो कारोबार दिन आज सेसन अवधिमा ०.२६ अंक घटेर नेप्से १८५१.१७ अंकमा झर्‍याे। 

सेसनमा ६५५ कित्ता सेयर किनबेच भयो । जसमा ५ कम्पनीको मूल्य बढ्यो भने ७ कम्पनीको मूल्य घट्दा बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

सेसन अवधिमा सेयर किनबेचबाट २ लाख १४ हजार ७४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो ।