• गृहपृष्ठ
  • एनआरएनएलाई नागरिकता वितरण सुरु, कुल आचार्यले पाए गैरआवसीय नागरिकता

एनआरएनएलाई नागरिकता वितरण सुरु, कुल आचार्यले पाए गैरआवसीय नागरिकता

Oct 17th, 2023

काठमाडौँ ३० असोज

सरकारले असो ३० गतेदेखि गैरआवासीय नेपाली (एनआरएनए)लाई नागरिकता वितरण सुरु गरेको छ । बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गरेका हुन् । आज प्रधानमन्त्रीले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नागरिकता दिँदै अभियानको सुरुआत गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका हुन् । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पचासौँ लाख गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको र यो निकै ठूलो उपलब्धि भएको बताए ।

‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ । निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं । यो निकै ठूलो उपलब्धि हो ।’

त्यस्तै देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्त्वपूर्ण हुने भन्दै उनले गैरआवासीय नेपालीहरुबाट देशले धेरै अपेक्षा गरेको बताए । गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकताबद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने तथा थप एकताबद्ध भएर अगाडि बढ्ने समेत उनले विश्वास समेत व्यक्त गरे ।