• गृहपृष्ठ
  • चाडपर्व लक्षित प्रहरी सुरक्षा, प्रहरी वृत्त चापागाउँको अनुरोध !

चाडपर्व लक्षित प्रहरी सुरक्षा, प्रहरी वृत्त चापागाउँको अनुरोध !

Oct 14th, 2023

ललितपुर, असोज २७

प्रहरी वृत्त चापागाउँले चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाउन थालेको छ। प्रहरी वृत्त चापागाउँका प्रमुख कृष्ण कुमार चन्दले दसैं, तिहार, छठ पर्व नजिकिदै गरेकाले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको बताए । प्रहरी वृत्त चापागाउँले योजनाका साथ विभिन्न सुरक्षा सम्बन्धी अनुरोध पनि गरेका छन् ।

अनुरोधहरु

  • घर, कोठा छाडेर जानुपर्दा आफ्नो घरको झ्याल ढोका राम्रोसंग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई गरी जानुहोस ।
  • आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, वतन, परिचय कागज फोटो सहितको अभिलेख राख्नुहोस् ।
  • आफुले यात्रा गर्न लागेको स्थानको बारेमा सामाजिक संजालमा पोष्ट नगरौं ।
  • सामाजिक सञ्जाल मार्फत सद्भाव खलल हुने कार्य नगरी नगराऔं ।
  • बहुमूल्य गरगहना लगाएर कुनै मेला पर्व तथा भिडभाडमा नजानुहोस र जानै परेमा चनाखो रहनुहोस ।
  • भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा चनाखो रहनुहोस ।
  • यात्राको क्रममा कुनै अपरिचित मानिसहरुसंग धेरै घुलमिल भई व्यक्तिगत गोपनियता नखोल्नुहोस उनीहरूले दिएको कुनै पनि किसिमको खानेकुरा नखानुहोस ।
  • सुन तथा डलर साट्ने नाममा तपाईलाई झुक्याउन सक्छन, कुनै पनि कुराको लोभमा नपर्नुहोस, शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्नुहोस ।
  • घर टोल सुरक्षाका लागि सबै मिली CCTV, Emergency Siren जडान गरी सुरक्षाका उपायहरु अपनाउनुहोस ।
  • कसैको देखासिखी नगरौं, आफ्नो हैसियत अनुसार चाडपर्व मनाऔं ।
  • चाडपर्वको नाममा कानूनद्वारा प्रतिवन्धित तास, जुवा, नखेल्नुहोस र खेल्न नदिनुहोस ।
  • पटका, भुईचम्पा, आतिसबाजी लगायतका बिष्फोटक पदार्थले मानविय, भौतिक एवं वातावरणीय क्षती पुग्ने भएकोले यसको प्रयोग नगर्नुहोस।
  • नशालु वा मादकपदार्थ सेवन गरी सवारी नचलाउनुहोस, सवारी नियमको पुर्ण पालना गरी सवारीसाधन चलाउनुहोस ।
  • हालका दिनहरुमा उपत्यकामा मो.सा चोरीका घटनाहरुमा अत्त्याधिक वृद्धि भएकोले आफूले चलाउने सवारी साधन अँध्यारो स्थानमा पार्किङ्ग नगरौं, राम्रोसंग लक गरेर सुरक्षित स्थानमा मात्रै पार्किङ्ग गरौं ।
  • अपराध नियन्त्रण तथा अपराध रहित समाजको निर्माणमा सदैव प्रहरीलाई सहयोग गर्नुहोस ।
  • सभ्य नागरिकको परिचय दिई सुरक्षित समाजको निर्माण गरौं ।
  • कुनैपनि समस्या परेमा नजिकको प्रहरीलाई तथा १०० नम्वरमा खवर गर्नुहोस् ।