• गृहपृष्ठ
  • इजरायल घटनाः २५३ जना नेपाली नेपाल फर्किए, २०० उद्धारको पर्खाइमा

इजरायल घटनाः २५३ जना नेपाली नेपाल फर्किए, २०० उद्धारको पर्खाइमा

Oct 13th, 2023

काठमाडौं २६ असोज

इजरायल युद्धबाट प्रभावित २५३ जना नेपाली विद्यार्थीहरु बिहीबार नेपाल आएका छन् भने २०० नेपाली उद्धारको पर्खाइमा छन् । नेपालबाट इजरायल गएको नेपाल एयरलाइन्सको जहाज गएराति ति नेपालीलाई लिएर काठमाडौंमा अवतरण गरेको थियो ।

इजरायलमा २०० नेपालीले नेपाल फर्कन निवेदन दिएको राजदूतावासले जनाएको छ । उनीहरूलाई पनि छिट्टै नेपाल पठाउने तयारी गरिएको छ । प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायलबीच शनिबारदेखि युद्ध चर्किदा इजरायलमा रहेका नेपालीहरु असुरक्षित महशुस गरी नेपाल फर्कन चाहेका हुुन् ।

इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरूलाई हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यमा तीब्रता दिन पुनः अनुरोध गरिएको समेत दूतावासले जनाएको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिमा प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमहरूको सदुपयोग गरी उनको खोजी कार्यलाई अझै तीब्र पारिएको उल्लेख छ ।

द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अभिभस्थित नेपाली दूतावासमा दिदै आफूहरूलाई छिट्टै नेपाल फर्काउन आग्रह गरेका छन् । राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेसनमा विवरण प्राप्त हुने क्रम जारी छ ।

हमासले शनिबार इजरायलमा अचानक आक्रमण गर्दा १० नेपाली मारिएका थिए भने चारजना घाइते भएका थिए । एक नेपाली अझै सम्पर्कविहीन छन् ।