• गृहपृष्ठ
  • ‘बाथरोग निवारणमा सरकारले लगानी नै गरेन’–वरिष्ठ बाथरोग विशेषज्ञ पौड्याल

‘बाथरोग निवारणमा सरकारले लगानी नै गरेन’–वरिष्ठ बाथरोग विशेषज्ञ पौड्याल

Oct 13th, 2023

काठमाडौं, असोज २६
अक्टोबर १२ अर्थात विश्व बाथरोग डे विशेष कार्यक्रम गरी मनाइएको छ । बाथरोग मैत्री समाज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाटन हस्पिटलको सभाहलमा बिहीबार बाथरोग चेतना कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा सबैले यथास्थानमा आसन ग्रहण गरेका थिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्राडा पवनकुमार शर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा विशेष बक्क्ताको रुपमा पाटन हस्पिटलका वरिष्ठ फिजिसियन÷ बाथरोग विशेषज्ञ प्राडा बुद्धिप्रसाद पौड्यालले नेपालमा बाथरोगको विगत, बत्र्तमान, भविष्य र बाथरोग दिवशको महत्वबारे प्रकास पारेका थिए । डा पौड्यालले बाथरोग निवारणमा सरकारले लगानी नै नगरेको र अरु रोग सरह यस रोगलाई प्राथमिकतामा नराखेको बताए् । उनले नेपालमा अनुमानित १० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथरोग रहेको र पछिल्ला बर्षहरुमा झन् बढ्दै गएको भएपनि सरकारले चिन्ता नदेखाएको बताए ।

साथै यस रोगको औषधी उपचार समेत खर्चिलो रहेको डा पौड्यालले बताए । पछिल्ला बर्षहरुमा नेपालमा पनि बाथरोगको उपचार सुबिधाहरु बढ्दै गएको उनले बताए । डा पौड्यालले सरकारले नीति नै बनाएर बाथरोग निवारणमा पहलकदमी थाल्नुपर्ने औंल्याए । सचेतना दिइने उदेश्यसाथ गरिएको त्यस कार्यक्रममा पाटन अस्पतालका वरिष्ठ बाथरोग विशेषज्ञ उप प्राडा लक्की शर्माले बाथरोगका प्रकारहरु, पहिचान र व्यवस्थापनका बारेमा प्रकाश पारेका थिए । त्यसैगरी पाटन अस्पतालका अर्का वरिष्ठ बाथरोग विशेषज्ञ उप प्राडा केशवराज सिग्देलले बाथरोग सम्बन्धी भ्रम र तथ्यहरुबारे प्रकाश पारेका थिए । कार्यक्रममा बाथरोग लागेर उपचारपछि स्वास्थ्य लाभ गरिरहेका विभिन्न ब्यक्तिहरुले आफना भोगाइहरु सुनाएका थिए ।

वरिष्ठ सञ्चारकर्मी एवं बाथरोगमैत्री समाजका उपाध्यक्ष रुपा विमल क्षेत्रीले बाथरोग लागिसकेपछि उपचारका क्रममा आफुले भोगेका अनुभवहरु सेयर गरिन् । उनले बाथरोग सामान्य नभएको र सही उपचारका लागि विशेषज्ञ डाक्टरकोमा नै जानुपर्ने औंल्याइन् । निरन्तरको औषधी उपचार र योगाभ्यासले अहिले आफु बाथरोगबाट मुक्त भएको उनले सुनाइन् । बाथरोगको उपचारमा परिवारका हरेक सदस्यहरु साथ र सहयोग महत्वपुर्ण रहने उनले बताइन । त्यसैगरी नेपाल बाथरोग मैत्री समाजका सल्लाकार तथा निर्वतमान अध्यक्ष मोहन न्यौपानेले आफनो सम्पुर्ण परिवारका सदस्यहरु नै बाथरोगबाट पिडित भएपनि निरन्तरको औषधी उपचार, सकारात्मक सोच र धर्यताले सक्रिय जिवन बाँचिरहेको सुनाए । उनले भने ‘बाथरोगको लक्षण देखिनासाथ विशेषज्ञ डाक्टरकोमा गइहाल्नुपर्ने रहेछ, मेरो अनुभवनले त्यही भन्छ’ ।

कार्यक्रममा नेपाल बाथरोग मैत्री समाजका आजिवन सदस्य एवं लुपश सोसाइटी नेपालका अध्यक्ष बबिता बुढाथोकीले पनि बाथरोग बारे आफना भोगाइहरु सार्वजनिक गरिन् । उनले आफुलाई लुपशको बाथ भइसकेपछि उपचारको क्रममा धेरै हैरानी र दुखपीडा पाएको सुनाइन् । उनले निरन्तरको उपचार, धर्यताले रोगको पिडाबाट मुक्ती पाउँदै आएको सुनाइन् । कार्यक्रममा प्राडा नबिशमान सिंह प्रधान (विभागीय प्रमुख अर्थोपेडिक विभाग, पाटन अस्पताल) ले बाथरोग र हाडजोर्नी सम्बन्धी जटिलताबारे प्रकाश पारेका थिए । त्यसैगरी डा भिष्म पोखरेल (पेडियाट्रीक बिभाग, पाटन अस्पताल ) ले बाल्यावस्था र बाथरोग विषयमा आफना धारणा राखेका थिए । त्यसैगरी बाथरोग मैत्री समाजका अध्यक्ष मेनुका आचार्यले नेपाल बाथरोग मैत्री समाजको गठन, उदेश्य, कार्यक्रम र औचित्यमाथी प्रकाश पार्दै धन्यवाद ज्ञापन गरि कार्यक्रम समापनको घोषणा गरेकी थिइन् । कार्यक्रममा सयौंको उपस्थीति रहेको थियो ।