• गृहपृष्ठ
  • ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत गरेको अभियोगमा एक जना पक्राउ

ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत गरेको अभियोगमा एक जना पक्राउ

Oct 12th, 2023

ललितपुर, असाेज २५

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामा रहेका छन् । 

ती बालिकालाई लामाले असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।