• गृहपृष्ठ
  • ललितपुरकाे गाेदावरीमा हाटबजार सञ्चालन हुँदै

ललितपुरकाे गाेदावरीमा हाटबजार सञ्चालन हुँदै

Oct 12th, 2023

ललितपुर, असाेज २५

गोदावरी नगरपालिका १२ ठेचो स्थित तल्लो लाछिमा पहिलो पटक हाटबजार सञ्चालन हुने भएको छ । गोदावरी उद्योग वाणिज्य संघको आयोजना तथा गोदावरी नगरपालिका १२ को सहकार्यमा स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यका साथ असाेज २८ गते उक्त कामको शुभारम्भ गर्न लागिएको हो ।

यो वर्षको घटस्थापनाको शुभ साइतका दिन शुभारम्भ गरीने उक्त कार्य भने प्रत्येक हप्ताको शुक्रबार साँझ ४ देखि ८ बजेसम्म चलाइने भएको छ ।

उक्त हाटबजारको पहिलो स्टल ठेचोमा सञ्चालन गरी क्रमश अर्काे हप्ता चापागाउँ बाडेगाउँ ठैब हुँदै गोदावरीका विभिन्न स्थानमा सार्दै लगिने आयोजक टिमले जानकारी गराएको छ ।हाटबजार राख्न कुनै शुल्क नलाग्नुका साथै जति धेरै स्टल भए उतिनै स्थानीयले व्यापार गर्ने मौका पाउने मनसाय रहेको संघका पदाधिकारीको भनाइ छ ।