सिद्धार्थ बैंकले गर्‍यो लाभांश घोषणा

Oct 12th, 2023

काठमाडौं, असाेज २५

सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

बैंकले कर प्रयोजनका लागि सहित गरी कुल ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।