• गृहपृष्ठ
  • नेपाल स्वयंसेवक संघ ललितपुर जिल्लाद्वारा सुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल स्वयंसेवक संघ ललितपुर जिल्लाद्वारा सुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Oct 11th, 2023

ललितपुर, असोज २४

नेपाल स्वयंसेवक संघ ललितपुर जिल्लाको आयोजनामा नजिकिँदै गरेको महान चाड बिजया दशमी, तिहार र  छठ पर्वको सुभकामना आदानप्रदान तथा  अन्तरक्रिया कार्यक्रम ललितपुरको संयोजक बेबि राजभण्डारीको अध्यक्षतामा  केन्द्रीय महासचिव कोमल पौडेलको प्रमुख  आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पदमा मनोनित हुनु भएको  भवानी बजगाईंलाई  सम्मान गरिनुका साथै  संस्थाका प्रतिनिधिहरु बिच सुभकामना आदानप्रदान गरिनुका साथसाथै भावि योजना, ललितपुर जिल्लाको समसामायिक बिषयमा अन्तरक्रिया गरिएको छ।

महासचिव कोमल पौडेलले संस्थाको उदेश्य प्रस्ट पार्नुभयो। प्रदेश सम्योजक अरुणा खत्रिले  सस्थाका आगामी योजनाबारे प्रकास पार्नुभएको छ । ललितपुर जिल्ला संयोजक  राजभण्डारीले  ललितपुरमा नगर स्तरीय, पालिका स्तरीय कमिटी  गठन गरेर सशक्त ढंगले अघि बढ्ने जानकारी दिनुभएको छ।