• गृहपृष्ठ
  • प्रहरीद्वारा चाडपर्व लक्षित गर्दै सुरक्षामा सक्रियता

प्रहरीद्वारा चाडपर्व लक्षित गर्दै सुरक्षामा सक्रियता

Oct 11th, 2023

ललितपुर, असोज २४

चाडपर्व नजिँदै जाँदा चापागाउँ प्रहरी वृत्तले विशेष सुरक्षा रणनीति बनाएको छ। दशैं, तिहार, छठ जस्ता चाडपर्व नजिकिएसँगै अपराध नियन्त्रण गर्न चाडपर्वलाई लक्षित गरी सुरक्षा सक्रियता र निगरानी बढाएको हो ।

चाडपर्व हुन सक्ने चोरी, लुटपाट लगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको छ। विगतका चाडपर्वमा भएका अवाक्षनीय अपराधिक गतिविधि, चोरी, हत्या र सवारी दुर्घटनालाई मध्यनजर गर्दै तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनतर्फ लैजान थालिएको चापागाउँका प्रहरी निरीक्षक गम्भिर जंग थापाले बताए।

प्रहरी निरीक्षक गम्भिर जंग थापाको कमान्डमा ५ जना प्रहरीका साथ गोदावरी नगरपालिकाका वडा नं. ५, ६, ७, १०, ११, १२, १३ र ललितपुर महानगरपालिकाका वडा नं. २६ र २७ स्थित धापाखेल, चिवाहल, सुनाकोठी, ट्याक्सी पार्क, लेले, बज्रबाराही, ठेचो, प्याङगाउँमा नजिकिँदै गरेका चाडपर्वमा हुनसक्ने सम्भावित घटनाहरूलाई लक्षित गरी जनचेतनामूलक माईकिङ तथा पर्चा बितरण कार्यक्रम गरिएको छ ।

प्रायः घटनामा चिनेजानेका तथा आफन्तबाट नै भएको देखिएको चापागाउँ प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए । प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले हालको परिस्थितिमा धेरैजसो व्यक्तिसँग स्मार्ट फोन रहेको हुँदा सामाजिक सञ्जालमा अश्लिल भिडियो हेरी घटनामा संलग्न हुने भएकोले अनावश्यक रुपमा फेसबुकमा पोष्ट नगर्न र आफ्नो सुरक्षा आफै गर्न अनुरोध गरे ।

अवाक्षनीय अपराधिक गतिविधि नियन्त्रण तथा प्रभावकारी बनाउनका लागि प्रत्येक वडमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने चापागाउँ प्रहरी वृत्तले जानकारी दिए । चाडपर्वलाई लक्षित गरी सुरक्षा सक्रियता र निगरानीका लागि प्रहरी टोली बढी खटाएको चापागाउँ प्रहरीले बताए ।