• गृहपृष्ठ
  • सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल सहित चार जनाविरुद्ध मुद्दा

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल सहित चार जनाविरुद्ध मुद्दा

Oct 11th, 2023

काठमाडौँ २४ असोज

सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले सुन तस्करी प्रकरणमा बुधबार राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

पक्राउ परेका प्रतिवादीहरूमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौँको नागार्जुन लोकेन्द्रकुमार पौडेल र बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् ।

इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । चार जना प्रतिवादीमध्ये तीन जना पक्राउ परेका छन् भने प्रतिवादी बौद्धका निमा गुरुङ फरार छन् ।