• गृहपृष्ठ
  • इजरायल घटनाः कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो

इजरायल घटनाः कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो

Oct 11th, 2023

काठमाडौं २४ असोज

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार इजरायली सुरक्षा संयन्त्रको सहयोगमा नेपाली विद्यार्थीलाई उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो ।

त्यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ नेपाली विद्यार्थीलाई पनि सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ ।

यसैगरी नेपाल फर्कन इच्छुक नेपालीलाई दूतावासले सुरु गरेको अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको र उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रकृया सुरु गरिएको गरिएको छ ।

दूतावासले विज्ञप्तिमा भनिएको छ “हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका चारजनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै छ । हराइरहरेको एकजना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको छ ।
गत असोज २० गते प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।