• गृहपृष्ठ
  • दुर्गा प्रसाईंले टेलिभिजनको मानहानी गरे, लेनदेनको आरोप पुष्टी नगरे कानूनी उपचारमा जान्छौः स्पेस फोरके

दुर्गा प्रसाईंले टेलिभिजनको मानहानी गरे, लेनदेनको आरोप पुष्टी नगरे कानूनी उपचारमा जान्छौः स्पेस फोरके

Oct 11th, 2023

काठमाडौं, असोज २४

व्यवसायी दुर्गा प्रसाईंले स्पेस फोरके टेलिभिजनको विषयमा जथाभावी बोलेको भन्दै स्पेस व्यवस्थापन पक्ष कानूनी उपचारमा जाने भएको छ । स्पेस फोरकेको सञ्चालक ग्यालेक्सी मिडिया ग्रुपले मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रसाईंले आफ्नो बोली फिर्ता नलिए वा आरोप पुष्टी नगरे कानूनी उपचारमा जाने बताएको हो । स्पेस फोरकेका प्रस्तोता सुमन ढुङ्गानालाई अपुष्ट कुरा पुष्टी गर्ने जिम्मेवारी दिएकोमा उनले थप प्रमाण जुटाउनुको साटो कार्यक्रमको प्रोमो बनाएर बजाउन हतार गरेको र सम्पादकीय नेतृत्वले उक्त प्रोमो नै हटाएको स्पेस फोरकेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रोमो हटाइ सकेपछि आरोप पुष्टी हुने थप प्रमाण जुटाउनुको साटो ढुङ्गानाले मिडियाको काम ठोक्ने र सिध्याउने हो भन्दै थप प्रमाण नखोजी सामाजीक सञ्जालमा गाली गलौंचमा उत्रिएको टेलिभिजनको भनाइ छ ।

त्यसपछि सोही. विषयलाई लिएर व्यवसायी दुर्गा प्रसाईंले असोज २२ गतेको पत्रकार सम्मेलनमा लेनदेन गरेर रोकिएको प्रोमो भन्दै दुर्गा प्रसाईंले प्रस्तुत गरेपछि टेलिभिजन व्यवस्थापन पक्षले आरोप पुष्टी गर्न चुनौति दिएको हो । यस्तो छ प्रेस विज्ञप्तिको पूर्ण पाठ पछिल्लो समय हामी भ्रष्टाचार र अनियमितताविरुद्ध तथा सुशासनको पक्षमा दृढतापूर्वक उभिएको सर्वविदितै छ । हाम्रा समाचार सामग्री र प्रसारणले नै यो कुरा स्पष्ट पारिसकेको छ ।

सत्य तथ्यका आधारमा गलत प्रवृत्तिविरुद्ध निर्मम प्रहार गरिरहेको यस टेलिभिजनकाविरुद्ध पछिल्लो समय भइरहेको अनर्गल प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गलत र हुँदै नभएको विषयलाई लिएर टेलिभिजनबारे भ्रम उत्पन्न गर्न खोजिएकाले यसबारे स्पष्ट पार्न यो विज्ञप्ति जारी गरिएको हो । यहि असोज २२ गते आयोजित पत्रकार सम्मेलनमा व्यवसायी दुर्गा प्रसाईले स्पेस फोरके टेलिभिजनले लेनदेन गरी रोकेको भन्दै अनधिकृत प्रोमो सार्वजनिक गरेकोप्रति हाम्रो गम्भीर आपत्ति छ ।

यसैले पछिल्लो समय छर्न खोजिएको भ्रमबारे हामी स्पष्ट पार्न चाहन्छौं । उपसभामुखबारे अपूर्ण सूचना टेलिभिजनलाई प्राप्त भएपछि सम्पादकीय टोली यसको गहिरो अनुसन्धान गरी सत्यतथ्यका आधारमा प्रसारण गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यो र कार्यक्रम निर्माता सुमन ढुंगानालाई यसको जिम्मेवारी सुम्पियो । तर उनी प्रेसको काम ठोक्ने र सिध्याउने हो भन्ने शैलीमा प्रस्तुत हुँदै थप अनुसन्धानप्रति उदासिन देखिए । सम्पादकीय नेतृत्वले माग गरेको थप सामग्रीको बेवास्ता गर्दै जिम्मेवारी र अधिकारको दुरुपयोग गरी प्रोमो बनाएर प्रसारणसम्म गर्न भ्याए। यसै पनि सो प्रोमोमा ढुंगानाले सभामुख उच्चारण गरेर गम्भीर गल्ती गरेका थिए । गलत शब्द उच्चारण गरेको र थप अनुसन्धान नगरी प्रोमो बजाउन हतारिएकाले सम्पादकीय नेतृत्वले सो प्रोमो रोक्यो र पूनः थप अनुसन्धान गर्न निर्देशन दियो । तर उनी पत्रकारिताको मूल मर्म सत्यतथ्यको खोजी गर्ने दायित्वलाई लत्याउँदै टेलिभिजन र सम्पादकीय नेतृत्वविरुद्ध नै अनर्गल प्रचार गर्न थाले ।

यद्यपी संस्थाले रोकेको प्रोमो चोरी गरी र अनधिकृत ढंगले व्यक्तिगत सामाजिक सञ्जालमा पोष्ट गरिएको भेटियो । योसंगै सामाजिक सञ्जालमार्फत गालीगलौजमा उत्रिएको प्रमाण संस्थासंग सुरक्षित छ । सम्पादकीय नेतृत्वलाई समाचार सामग्रीमा थप कन्टेन्ट खोज्ने र त्यो पुरा नभए रोक्ने अधिकार हुन्छ । यो पत्रकारिताको विश्वव्यापी मान्यता हो । तर सम्पादकीय नेतृत्वले अपूर्ण सूचना र सामग्री भन्दै रोकेको प्रोमो दुर्गा प्रसाईंले कुन नियतले प्रस्तुत गरेका हुन रु सम्पादकीय स्वतन्त्रतामाथि धावा बोल्ने अधिकार उनलाई कसले दियो रु झुटको सहारा लिएर स्पेस फोरके टेलिभिजनप्रति गरेको मानहानीको जिम्मेवारी कसले लिन्छ रु के तपाईसँग टेलिभिजनले लेनदेन गर्यो भन्ने आरोप पुष्टि गर्ने प्रमाण छ रु हामी टेलिभिजनमै आएर सार्वजनिक रुपमै प्रमाण पेश गर्न दुर्गा प्रसाईंलाई चुनौति दिन्छौं । होइन भने यो आरोप फिर्ता लिन र अनर्गल प्रचार रोक्न सम्बन्धित सबैलाई सचेत गराउँछौ । अन्यथा कानूनी उपचारमा जान हामी बाध्य हुनेछौं ।