• गृहपृष्ठ
  • इजरायलबाट नेपाल फर्किन दुई सय जनाले दिए आवेदन

इजरायलबाट नेपाल फर्किन दुई सय जनाले दिए आवेदन

Oct 10th, 2023

काठमाडौं, असाेज २३

इजरायलबाट स्वदेश फर्किनका लागि दुई सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएका छन् ।

मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले सो जानकारी दिएका हुन् ।

बैठकमा परराष्ट्रमन्त्री साउदले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको बताए । परराष्ट्रमन्त्री साउदले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकाेमा दक्षिणी क्षेत्रमा हमासकाे आक्रमणमा १० जनाकाे निधन भएको जानकारी गराए ।

परराष्ट्रमन्त्री साउदले ४ जनाकाे उपचार भइरहेकाे र एकजनाकाे अवस्था पहिचान नभएको बताए ।