• गृहपृष्ठ
  • नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुँँदै

नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुँँदै

Oct 10th, 2023

ललितपुर, असाेज २३

कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा चौथो राष्ट्रव्यापी कराँते प्रतियोगिता हुने भएको छ ।

पाथीभरा सो–क्योकुशिन कराँते डोजोको आयोजनामा नल्लु फुटबल ग्राउण्डमा यही आउँदो शुक्रवार र शनिवार डोजो खेलाडीको मनोबल बढाउने उद्देश्यका साथ सो प्रतियोगिता हुन लागेको हो ।

यस प्रतियोगितामा १३ जिल्लाका करिव ३०० खेलाडी सहभागी हुने छ ।

उक्त खेलमा प्रथम हुनेलाई रु १० हजार सहित चाँदीको मेडल दोस्रोलाई रु पाँच हजार सहित मेडल तथा तेस्रोलाई रु दुई हजार पाँच सय सहितको मेडल र चौथोलाई रु दुई हजार सहित मेडल प्रदान गर्ने निर्णय भएको आयोजक टिमले जानकारी गराएको छ ।