• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाले सुरु गर्‍यो बजार अनुगमन

महालक्ष्मी नगरपालिकाले सुरु गर्‍यो बजार अनुगमन

Oct 10th, 2023

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । महालक्ष्मी नगर बजार अनुगमन समितिले सोमबार महालक्ष्मी नगरपालिकाका वडा नं १ र २ का ३३ वटा पसलको अनुगमन गरेको हो ।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख एवम् बजार अनुगमन समिति संयोजक लक्ष्मी महर्जनको नेतृत्वमा वडाअध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी, राष्ट्रिय उपभोक्ता मञ्च महालक्ष्मी नगरका प्रतिनिधि, महालक्ष्मी उद्योग वाणिज्य महासंघका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो ।

बजार अनुगमनका लागि नगरपालिका उपप्रमुख संयोजकत्वमा नगरपालिका आर्थिक समितिका संयोजक सदस्य, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी कार्यालयकाका प्रतिनिधि, उद्योग बाणिज्य संघको प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सदस्य रहेकाे समिति गठन गरिएको छ । 

बजार अनुगमन समिति संयोजक एवम् नगरउपप्रमुख उपप्रमुख लक्ष्मी महर्जनसहितको टोलीले व्यवसाय दर्ता प्रमाण–पत्र, स्थायी लेखा नम्बर (पान) को प्रमाण–पत्र, खाद्य अनुज्ञा–पत्र, औषधी पसल दर्ता प्रमाण–पत्र लगायतका आवश्यक कागजातहरूको अनुगमन गरेको थियो ।

प्रमाणपत्र नविकरण भए-नभएको विषयमा पनि अनुगमन समितिले हेरेको थियो ।  सोमबार अनुगमन गरिएका ३३ वटा पसलहरूमध्ये अधिकांश व्यवसायीले व्यवासय दर्ता नगरीकनै सञ्चालन गरेको पाइएपछि उपप्रमुख लक्ष्मी महर्जनले व्यवासायीलाई ७ दिन व्यवसाय दर्ता गर्न निर्दशन दिनु भएकाे छ ।