• गृहपृष्ठ
  • ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न

ललितपुर उद्योग वाणिज्य संघको ४४ औं वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न

Oct 9th, 2023

ललितपुर, असोज २२

ललितपुर उद्योग वाणिज्य संघको ४४ वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचन यहि आश्विन १९ र २० गते सम्पन्न भयो । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालबाट समुद्घाटन भएको उक्त साधारण सभामा संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले मुलुकको एकमात्र एजेण्डा भनेकै सम्मृद्धि नेपाल बनाउने भएता पनि कोभिडका कारण छाएको आर्थिक सिथिलतालाई त्यसपछि देखा परेको आर्थिक मन्दी, राष्ट्र बैंकबाट जारी मौद्रिक नीति, राजनैतिक अस्थिरता र एक्कासी लागु गरिएको चालु पुंजी निर्देशिकाले झनै प्रभावित तुल्याएको बताउनु भयो । जसका कारण बजार चलायमा हुन सकेन । अतः अव यसबाट उम्कन कृषिलाई उद्यम बनाई औद्योकरण तर्फ लाग्नु जरुरी भई सकेको छ । यसका साथै पर्यटन उद्योगबाट पनि देश सम्मृद्ध बनाउनमा महत्वपूर्ण भूमिका रहने भएकोले पर्यटन उद्योगलाई पनि चलायमान बनाउन सबै क्षेत्रबाट सहयोग हुन जरुरी रहेको बताउनु भयो ।
त्यसैले अहिलेको राजनीतिक नेतृत्वसामु इतिहासकै ठूलो अवसर आएको छ । अतः सरकार र राजनीतिक दलले आर्थिक एजेण्डालाई अगाडि बढाउने हो भने हामी निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै अगाडि बढ्न आतुर रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि रमेश रिजालले संघबाट विगत चार दशक देखि अनवरत रुपमा बिभिन्न संघ संस्थाहरुमा नेतृत्वदायी भूमिका मार्फत व्यवसायीहरुको आवाजलाई यथोचित सम्बोधन गराउन र स्वच्छ बजार निर्माणको लागि व्यवसायिक सचेतना जगाउने काम गर्दै आएका यस संघको पूर्व अध्यक्ष शैलेन्द्र लाल प्रधानलाई कदर पत्र वितरण गर्नुका साथै देशको उत्पादकत्व एवं उत्पादनशिलता क्षेत्रमा कार्यरतहरुलाई प्रोत्साहन गर्न ललितपुर जिल्लाका विभिन्न विधाका निकासीकर्ताहरुलाई उत्कृष्ट निकासी कर्ताको प्रमाण पत्र र संघमा कार्यरत उत्कृष्ट कर्मचारीहरु प्रशासकिय अधिकृत पुरुषोत्तम श्रेष्ठ, कार्यालय सहयोगी महेन्द्र शाक्य र गिता न्यौपानेलाई कदर पत्र वितरण गरिएको थियो ।

यस्तै, आश्विन २० गते सम्पन्न निर्वाचनबाट आगामी ३ वर्षको लागि बिश्वराज बज्राचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरिएको छ । सोहि निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले, वाणिज्य उपाध्यक्षमा सुनिल शाक्य, संस्थागत उपाध्यक्षमा रमेश सिं महर्जन, महासचिव पदमा भूमि नन्दन कर्माचार्य निर्वानित भएका छन् भने कोषाध्यक्ष पदमा राजु महर्जन निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्य पदमा उद्योग तर्फ अनिल महर्जन, गुणकेशरी ताम्राकार, प्रबिण ताम्राकार, प्रबिन बज्रचार्य, सजना श्रेष्ठ (नेम्कुल) र सुदीक्षा डंगोल निर्वाचित भएको छ भने वाणिज्य तर्फ प्रशम राज बज्राचार्य, बिक्रम बज्राचार्य, महेश्वर लाल खोसीं, राजेश राज बज्राचार्य, विमला शाक्य, शर्मिला श्रेष्ठ जोशी र सुजन बज्राचार्य निर्वाचित भएका छन् भने संस्थागत सदस्यमा पदमा पूर्ण बहादुर महर्जन र एशोसियत सदस्य पदमा रबि महर्जन निर्विरोध निर्वाचित भएका छन् । विजयी उम्मेदवारहरुलाई निर्वाचन समितिले सोहि दिन प्रमाण पत्र वितरण गरिएको थियो ।