वेथेगल टोल विकास समितिद्वारा सरसफाइ

Oct 8th, 2023

ललितपुर, असाेज २१

गोदावरी नगरपालिका १२ ठेचोस्थित वेथेगल टोल विकास समितिको आयोजनामा सरसफाइ गरेकाे छ । उक्त सरसफाइ कार्यक्रममा समितिका अध्यक्ष एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीको सभाध्यक्षता वडा सदस्य आशेष महर्जनको प्रमुख आतिथ्यमा भएकाे हाे ।

सिर्जनसीप सेवा प्रा.लि.खुमलटार, प्रहरी वृत्त चापागाउँ, ठेचो हेल्थ पोष्ट,लक्ष्मी सनराइज बैंक ठेचो शाखा, जेष्ठ नागरिक चौतरीको सहआयोजनामा सरसफाइ सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले वेथेगलमा सरसफाइ कार्यक्रमको आयोजना गरेका छन् ।

सरसफाइ कार्यक्रममा संकलित एक मेट्रीक टन फोहोरको व्यवस्थापन सिर्जनसीप सेवा प्रा.लि.खुमलटारले गरेको वेथेगल टोल विकास समितिका अध्यक्ष एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीले बताइन् ।