• गृहपृष्ठ
  • अफगानिस्तानमा शक्तिशाली भूकम्प, दुई हजार जनाको मृत्युु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, दुई हजार जनाको मृत्युु

Oct 8th, 2023

काठमाडौं २१ असोज

अफगानिस्तानमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने मानिसको संख्या दुई हजार पुगेको छ । अफगानिस्तानका सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ता अब्दुल वाहिद रायनले भूकम्पमा परी मृत्यु हुनेको संख्या हेरातमा बढी रहेको बताएका छन् । भूकम्पका कारण ६ गाउँ ध्वस्त भएको र सयौँ नागरिक भग्नावशेषमुनि दबिएका बताउँदै उनले सहयोगको माग गरेका छन् ।

तालिबानका प्रवक्ताले बताए अनुसार पश्चिम अफगानिस्तानमा शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्प दुई दशकयताकै घातकमध्ये एकहो । हेरात सहरबाट ४० किलोमिटर उत्तर–पश्चिम केन्द्र भएर ६।३, ५।९, ५।५ र अरू साना परकम्प गएको बताइएको छ ।

यसअघि, सन् २०२२ को जुनमा गएको शक्तिशाली भूकम्पमा परी पूर्वी अफगानिस्तानमा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो भने करिब १५ सय मानिस घाइते भएका थिए । एजेन्सी