• गृहपृष्ठ
  • हमासको आक्रमणमा इजरायलमा रहेका केही नेपाली घाइते, सुरक्षित रहन दूतावासको आग्रह

हमासको आक्रमणमा इजरायलमा रहेका केही नेपाली घाइते, सुरक्षित रहन दूतावासको आग्रह

Oct 7th, 2023

काठमाडौ २० असोज

प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा रहेका केही नेपाली पनि घाइते भएका छन् । तेल अभिभस्थित नेपाली दूतावासका अनुसार घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेका छन्

घाइते हुनेहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् ।

द न्युयोर्क टाइम्सका अनुसार हमासका बन्दुकधारीहरूले शनिबार अचानक इजरायलका विभिन्न सहरहरूमा आक्रमण गरेका हुन्।

हमासले रकेटबाट पनि आक्रमण गरेको छ। इजरायलको एम्बुलेन्स सेवाले कम्तीमा ४० जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

आक्रमणबाट सयौं मानिसहरू घाइते भएका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने बताइएको छ।

यसैबिच इजरायलस्थित नेपाली दुतावासले त्यहाँ रहेका ४५ सय नेपालीलाई सतर्क र सुरक्षित रहन भन्दै सन्देश दिएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमास आक्रमणले संसारभरि त्रास फैलिएका बेला संयम र सतर्क हुन सुझाव दिएकी छन् ।

दूतावासले फेसवुक पेज मार्फत नेपालीहरुलाइ तत्काल आफू रहेकै ठाउँमा सुरक्षित रहन तथा आक्रमणको संकेत पाउनेबित्तिकै सेल्टरमा रहन आग्रह गरेको छ ।

साथै इमर्जेन्सी रुल अक्षरशः पालना गर्न सामाजिक सन्जालमा अपुष्ट खबर दिएर त्रास नफैलाउन तथा केही समस्या परे दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।