• गृहपृष्ठ
  • चमेरो सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

चमेरो सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Oct 7th, 2023

काठमाडौं, असोज २०

सूर्यविनायक नगरपालिकामा अवस्थित चमेरो सहकरीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा चमेरो सहकारीका अध्यक्ष भिमसेन श्रेष्ठको सभापतित्वमा भएको हो । प्रमखु अतिथिमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई रहेको छ । उनले सूर्यविनायक नगरपालिका २ बालकोटमा दिनको १००० लि दुध उत्पादन हुने भएकोले, दुध जन्म देखि जेष्ठ नागरीक सम्म आवश्यक भएकोले यसलाई जोगाउन कृषि शाखाले कृषिमामा विशेष जोडदिनुपर्ने बताइन् ।

उनले भने ‘‘आफूहरु जनप्रतिनिधि भैइरहन्दा सूर्यविनायकका जनताहरुलाई कसैलाई दुःख नपरोस् ।’’ आफू उम्मेदवार भैरहन्दा जनता समक्ष भोट माग्न जादा ८० प्रतिशत खानेपानिको माग आएकोले यसलाई क्रियाशिल भएर अगाडि बढिरहेको बताइन् ।

उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिका २ बालकोटका वडा अध्यक्ष प्रदिप कार्की, सूर्यविनायक सहकारी शाखाका प्रमुद राजेन्द्र श्रेष्ठ , सहकारी शाखा बैंकका प्रमुख सिता भट्टराई , आधारभूमिका पत्रकार बलराम वाग्ले, विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु जेष्ठ नागरीकहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

साथै, १४ औं वार्षिक साधारण सभाका साथ रक्तदान कार्यक्रम पनि गरेका छन् ।