neapl investment mega bank
  • गृहपृष्ठ
  • देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ,४ करोड हिनामिना गरेको आरोप

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ,४ करोड हिनामिना गरेको आरोप

Oct 5th, 2023

काठमाडौँ १८ असोज

बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

देउराली सहकारीका संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा लगाएका थिए ।

सो सहकारीले बचतकर्ताको चार करोड उनान पचास लाख उनान सय हजार चार सय त्रिचालिस रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

मासिक,त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि पीडित प्रहरीमा उजुरी गरेका थिए ।