सामान्य अंकले घट्याे नेप्से

Oct 5th, 2023

काठमाडौं, असाेज १८

प्रिओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले घटेको छ । योसँगै सूचक १९६७.५७ अंकमा झर्‍याे । योसँगै सेसन अवधिमा १६ कम्पनीका ३ सय ७५ कित्ता सेयर किनबेच हुँदा  १ लाख १९ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यो सेसनमा कुल १९ पटक सेयर कारोबार हुँदा ३ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।