• गृहपृष्ठ
  • बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

Oct 3rd, 2023

काठमाडौं, असाेज १६

बझाङमा फेरि  भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङका जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको बताइएको छ ।

क्षतिको थप विवरण भने आउन बाँकी छ ।