• गृहपृष्ठ
  • कर्मचारी तथा जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त, एक वर्षमा सात सय ६६ जना विरुद्ध मुद्दा

कर्मचारी तथा जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त, एक वर्षमा सात सय ६६ जना विरुद्ध मुद्दा

Oct 3rd, 2023

काठमाडौ १६ असोज

एक वर्षमा सात सय ६६ सरकारी कर्मचारी तथा जनप्रतिनिधि विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/ ०८० मा ७७६ जनाविरुद्ध १६२ वटा भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दायर गरेको हो ।

आयोगका अनुसार भ्रष्टाचार मु्द्दा लागेका ७६६ कर्मचारी र जनप्रतिनिधि मध्ये विशिष्ट श्रेणीका मध्ये एक जना २१४ जना अधिकृतस्तर, १४४ जना छन् । त्यस्तै निर्वाचित र मनोनीत २०९ जना र मतियार १९८ जना छन् ।

दायर मुद्दामध्ये सबैभन्दा बढी संघीय मामिला मन्त्रालय र स्थानीय तहका कर्मचारीले गरेका भ्रष्टाचारसंग सम्बन्धित छन् । त्यसपछि भूमि व्यवस्था मन्त्रालयका छन् । आयोगका प्रवक्ता भोला दाहालले ३६ प्रतिशत मुद्दा संघीय मामिलाका रहेको जानकारी दिए । एक वर्षमा ७६६ जनाबाट १ अर्ब ७५ करोड २१ लाख ६ हजार ६ सय ३४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

१६२ मध्ये सबैभन्दा बढी ६४ वटा मुद्दा गैरकानुनी लाभ वा हानिसम्बन्धी छन् । त्यस्तै ३२ वटा मुद्दा घूससँग सम्बन्धित छन् । यसैगरी सार्वजनिक सम्पत्ति हानि नोक्सानीका २७ वटा मुद्दा छन् ।

आयोगले एक वर्षमा १८ हजार ७७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको जनाएको छ । प्रवक्ता दाहालका अनुसार ११३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी उपर सुझाव दिई तामेली थरिएको र ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ ।