• गृहपृष्ठ
  • धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने

Oct 2nd, 2023

काठामाडौं, असोज १५

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसर पारेर साताव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको छ । असोज १६ देखि १९ गते सम्म संचालन हुने कार्यक्रम विभिन्न कलेजहरूमा गरिँदैछ ।

असोज १६  गते काठमाण्डौस्थित सरस्वतीनगरकाे रिलायन्स कलेज, असोज १७ गते ललितपुरकाे बालकुमारीमा रहेकाे क्यातफोर्ड इन्टरनेशनल कलेज, असोज १८  गते किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे सेन्ट्रल डिपार्टमेन्ट आफ म्यानेजमेन्ट र असोज १९ गते पनौतिकाे पनौति नगरपालिकामा कार्यक्रम गरिन लागेकाे हाे ।

यसैगरी, असोज २० गते शनिबार विहान ८ बजेबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्ड सहित भृकुटि मण्डपबाट बसन्तपुर दरबार स्क्वायरसम्म पुगेर भेला गरिनेछ ।

साताव्यापी विश्व लगानीकर्ता सप्ताह २०२३ समापन तथा अन्तरक्रिया कार्यक्रम असोज २१ गते दिउँसो ३ बजेबाट नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल प्रमुख आतिथ्य तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लि.का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यको आतिथ्यमा साताव्यापी लगानी सप्ताह कार्यक्रमको विसर्जन तथा पूँजी बजार विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्न लागेकाे हाे ।