• गृहपृष्ठ
  • एमाले गण्डकी प्रदेश अधिवेशनः ९०७ जना प्रतिनिधि सहभागि हुँदै

एमाले गण्डकी प्रदेश अधिवेशनः ९०७ जना प्रतिनिधि सहभागि हुँदै

Oct 2nd, 2023

काठमाडौँ १५ असोज

नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन आज सुरु हुँदैछ । पोखरा अमरसिंह चोकमा हुने अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि सहभागि छन् । प्रदेशमा वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले दाबी गर्दै आएका छन् ।
अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, सचिव एक र दुई उपसचिवसहित १३५ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन गर्नेछ।

गण्डकी अधिवेशनलाई ‘मिसन ग्रासरुट’ पछिको सबैभन्दा ठूलो अभियान र शक्ति प्रदर्शनको अवसर बनाउने योजनासहित एमालेले जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू पोखरा ल्याएको छ ।