• गृहपृष्ठ
  • लिट्मस केबल्सको –“वाइरिङ दमदार, घर शानदार” योजना

लिट्मस केबल्सको –“वाइरिङ दमदार, घर शानदार” योजना

Oct 1st, 2023

काठमाडौं, असोज १४

लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ । यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५,००० सम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिल सहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइवर गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ । यस बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन् । यो योजना १५ असोज देखि ३० कात्तिक सम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

लिट्मस इंडस्ट्रीज लिमिटेडको बारेमाः
लिट्मस इन्डस्ट्रिज लिमिटेड, रमेश कर्प अन्तर्गत संस्था, र नेपालको अग्रणी केबल निर्माता, जसले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार, केबल तथा कनेक्टरको उत्पादन गर्दै आएको छ । लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायलेरू प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।