• गृहपृष्ठ
  • मूल्यवृद्धिबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, होला त उचित निर्णय ?

मूल्यवृद्धिबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, होला त उचित निर्णय ?

Oct 1st, 2023

काठमाडौं १४ असोज

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलगायत विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । आज दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरोकारवाला निकायका पदाधिकारीसित छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयले भनेको छ “नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ, यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२ः३० मा आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।”

चाडपर्वको मुखमा भएको मूल्यवृद्धिलाई लिएर सर्वत्र विरोध भएको छ । मन्चिपरिषद् बैठकले सो विषमा छलफल गरी महंगी नियन्त्रणको लागि उचित निर्णय गर्ने वताइएको छ ।