• गृहपृष्ठ
  • रास्वपाले किन गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार ?

रास्वपाले किन गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार ?

Oct 1st, 2023

काठमाडौँ १४ असोज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बहिष्कार गरेको छ । सरकारले गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै बैठक बहिष्कार गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

आजकौ बैठकमा रास्वपाको गम्भीर आपत्ति रहेको आइतबार उनले फेसबुकमा उल्लेख गरेका छन् । त्यसकै विरोधस्वरूप बैठक बहिष्कार गरेको उनले जानकारी गराएका छन् ।

“चाडपर्वहरूको मुखमा आमउपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ,” उनले लेखेका छन्, “यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौँ । थप कार्यक्रमबारे जानकारी दिनेछौँ ।”