• गृहपृष्ठ
  • चीनबाट फर्किए लगत्तै  प्रधानमन्त्री ‘प्रचण्ड’ले बोलाए सात दलको बैठक

चीनबाट फर्किए लगत्तै  प्रधानमन्त्री ‘प्रचण्ड’ले बोलाए सात दलको बैठक

Oct 1st, 2023

काठमाडौँ १४ असाेज

चीनबाट फर्किए लगत्तै  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात दलको बैठक बोलाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरूसँग छलफल थालेका छन् । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौला बालुवाटार पुगेका छन् ।