• गृहपृष्ठ
  • नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्याे

नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्याे

Oct 1st, 2023

काठमाडौं, असाेज १४

नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघेको छ । जनवरीयता सेप्टेम्बर २९ सम्म ३३ हजार २५५ जना संक्रमित भएको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । 

इडीसीडीका अनुसार सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ५२५ जना संक्रमित भएका छन् भने वाग्मतीमा चार हजार ६२९ र गण्डकीमा दुई हजार ९११ जना संक्रमित भएका छन् ।

 अन्य प्रदेशमा संक्रमितको संख्या एक हजारभन्दा कम छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा एक हजार १४३ जना संक्रमित भएको इडीसीडीले जनाएको छ ।