• गृहपृष्ठ
  • आठौं राष्ट्रब्यापी प्रणामी कप फुटसल प्रतियोगितामा इमाडाेल विजयी

आठौं राष्ट्रब्यापी प्रणामी कप फुटसल प्रतियोगितामा इमाडाेल विजयी

Oct 1st, 2023

ललितपुर, असाेज १४

ललितपुरकाे इमाडाेलमा आठौं राष्ट्रब्यापी प्रणामी कप फुटसल प्रतियोगिता सम्पन्न भएकाे छ ।

“दुर्ब्यसन त्यगौ सेवामुखी बनौं , हिंसा रहित समाज हामी युवाको आवाज” भन्ने मुल नाराका साथ बोजेपोखरीमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, इमाडोलको आयोजना तथा जिल्ला कार्य समिती, ललितपुरको सहकार्यमा भएकाे हाे ।

आठौं राष्ट्रब्यापी (प्रणामी कप) फुटसल प्रतियोगितामा २०८० मा पूर्व झापा देखि पश्चिम गोर्खा सम्मका प्रदेश, जिल्ला र प्रारम्भिक समितिबाट २० टिमकाे सहभागिता रहेको थियाे ।

उक्त कार्यक्रमको प्रमुख अतिथी श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष काेशल फुयाल, विशेष अतिथी परिषदका केन्द्रिय महासचिव सुजन सुवेदी, केन्द्रीय काेषाध्यक्ष कमल कृष्ण केसी तथा अतिथिमा केन्दिय सदस्यहरु प्रदेश समितिहरु जिल्ला समितिहरु,प्रारम्भिक समिति, बाइजुराज महिला समितिहरु रहेका छन् ।

यस प्रतियोगिताको बिजेता टिम ईमाडाेल प्रास ले सिनामंगल प्रास लाई पेनाल्टी सुटमार्फत ३:२ काे गोल अन्तरले बिजयी थियाे भने, दाेस्राेमा सिनामंगल र तेेस्राेमा राेतह जिल्ला भएका छन् ।