• गृहपृष्ठ
  • जेष्ठ नागरिक चाैतारी ठेचाेकाे चाैथाें साधारणसभा सम्पन्न

जेष्ठ नागरिक चाैतारी ठेचाेकाे चाैथाें साधारणसभा सम्पन्न

Sep 30th, 2023

ललितपुर, असाेज १३
जेष्ठ नागरिक चाैतारी ठेचाेकाे चाैथाें साधारणसभा सम्पन्न भएकाे छ । साे कार्यक्रमका सभापति जेष्ठ नागरिक चाैतारी ठेचाेका अध्यक्ष बालकृष्ण थापा मगर, प्रमुख अतिथि गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, विशेष अतिथि वरिष्ठ हास्यकलाकार तथा गितकार मदन कृष्ण श्रेष्ठ रहेका छन् ।

साे कार्यक्रममा पहिलाे चरणामा वकृत्वकलाका साथ दाेस्राे चरणामा जेष्ठ नागरिक चाैतारी सम्बन्धी गित `मिलन हाम्राे चाैतारी´काे लाेकार्पण रचनाकार हरि भक्त बुढाथोकी र गितकार मदन कृष्ण श्रेष्ठकाे संयुक्तमा भएकाे थियाे ।

कार्यक्रमका सभापति बालकृष्ण थापा मगरले ७७ जिल्लामा नै जेठ नागरिक सेवा प्रदान गर्ने साेच राख्दै आएकाे बताए । उनले अहिले ७ ठाउँमा जेठ नागरिक चाैतारी विस्तार भएकाे जानकारी दिदै विभिन्न ठाउँमा पनि सेवा प्रदान गर्ने माग आएमाेले यसकाे लागि नगरपालिकाबाट सहयाेगकाे अपेेक्षा राखेका छन् ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि गजेन्द्र महर्जनले जेष्ठ नागरिक हुँ भनेर कहिल्यै नबस्नु र आफूले के काम गर्न सकिन्छ त्याे गर्ने, केही काम नगरि बसेमा आफै राेग उत्पन्न हुने बताए । उनले आमा बुबालाई सेवा नगरी जतिसुकै धर्म गर्दा पनि त्यसबाट पुण्य नपाउने बताउँदै अहिलेका युवाहरूलाई आमा बुबा स्याहार र सेवा गर्ने तालिमकाे आवश्यक रहेकाे बताए ।

गितकार मदन कृष्ण श्रेष्ठले कहिल्यै आफूलाई जेष्ठ नागरिक भनेर नसम्झने, सधै जवानका रूपमा सम्झनु पर्ने बताए । बुढा- बुढी भएपछि उज्यालाे खालकाे लुगा लगाउने र छाेराछाेरीहरू लाई पनि माया गर्नुपर्ने बताए ।