• गृहपृष्ठ
  • एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

Sep 30th, 2023

नेकपा एमालेको बागमती प्रदेश कमिटी अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कृष्ण दहाललाई पराजित गर्दै ढुंगेल प्रदेश कमिटी अध्यक्षमा विजयी भएका हुन् ।  ढुंगेलले ६९६ मत प्राप्त गरे दाहालले ४३९ मत प्राप्त गरे।

रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरे।

यस्तै, सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।