ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

Sep 29th, 2023

काठमाडौ १२ असोज

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । प्रहरीले शुक्रबार उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।
उनले फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको बताइएको छ ।

प्रहरी कार्यालयका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्।