• गृहपृष्ठ
  • घुस लिँदालिँदै मालपोतका सुब्बा र खरिदार पक्राउ

घुस लिँदालिँदै मालपोतका सुब्बा र खरिदार पक्राउ

Sep 29th, 2023

काठमाडौं १२ असोज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाइ घुससहित पक्राउ गरेको छ ।

अख्तियारले जनाएअनुसार उनीहरुलाई आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरिएको हो ।
जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं। ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो ।