• गृहपृष्ठ
  • देउराली सहकारीका अध्यक्ष चौलागाईंका कारण प्रभु बैंक संकटमा, बचतकर्ताको पैसा ठगी गर्दै गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ

देउराली सहकारीका अध्यक्ष चौलागाईंका कारण प्रभु बैंक संकटमा, बचतकर्ताको पैसा ठगी गर्दै गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ

Sep 29th, 2023

ललितपुर, असोज १२

 देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंका कारण प्रभु बैंक संकटमा पर्ने देखिएको छ। प्रभु बैंक अध्यक्ष चौलागाईंका कारण धरासही हुँने अवस्थामा पुगेको सो बैंककै कर्मचारीहरुले बताएका छन्। शेयर धनी र निक्षेपकर्ताहरुको अगाडि बैंक फाइदामा भएको भनिए पनि चौलागाईंका कारण कुनै पनि बेला संकटमा पुग्ने अवस्थामा पुगेको कर्मचारीहरुले नै बताए।  त्यस्तै, सिईओ अशोक शेरचनले नेतृत्व गरेको प्रभु बैंकबाट प्रवाह भएका ऋणको अधिकांश कर्जा खराब रुपमा परिणत भएको तथ्य फेला पर्न थालेको छ।

शेरचनले स्विकृत गरेको ऋणहरु खराब नजिर भएका संस्था र व्यक्तिसँग राम्रो सम्बन्ध भएकै कारण लगानी गरेको पाइएको छ। जसले गर्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको छ। विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्दै २०७० सालमा स्थापना भएको प्रभु बैंक पछिल्लो समय खराव कर्जाको दलदलमा फसेका कारण संकटमा पर्ने अवस्थामा पुगेको स्रोतले दाबी गरेको छ। यो अवस्था लम्बिदै गए प्रभु बैंकमा निक्षेपकर्ताको रकम जोखिममा पर्न सक्ने देखिन्छ।

बैंकका सिइओकै सिफारिसमा विवादित सहकारीकर्मी रबिन्द्र चौंलागाईंले चढ्ने ल्याण्डक्रुजर गाडीमा लगानी गरेको प्रभु बैंकका कर्मचारीले बताएका छन्। त्यस्तै चौंलागाईंले किस्ता नतिरेको वर्ष दिन पुग्न लाग्दा समेत सो गाडीलाई तान्ने आँटसम्म नगरेको सातदोबाटोस्थित प्रमु बैंकका एक कर्मचारीले बताएका छन्। सातदोबाटो केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौंलागाईंले प्रमु बैंकसँग गाडी मात्र होइन अरबौं ऋण लिए पनि त्यसको साँवा र ब्याजसमेत नबुझाएकाे बैंकका एक कर्मचारीले बताएका छन्। 

त्यस्तै सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ संचालक बनी सुमेरुको सम्पत्ति पनि धरासाही पार्ने उद्देश्यले बैंकका कर्मचारीहरुलाइ सुमेरु मार्टमा रहेको जग्गा देखाउन समेत अध्यक्ष चौंलागाईं पछि परेएनन्। चौंलागाईंसँग फसेको अरबौं ऋण उठाउनको लागि सुमेरु मार्टको जग्गा हेर्न दैनिकजसो प्रमु बैंकका कर्मचारीहरू आउने गरेकाे सुमेरूका एक कर्मचारीले बताए।यसरी विभिन्न संचार माध्यममा प्रभु बैंक र चौंलागाईंको विषयलाई जोडेर समाचार प्रकाशित हुन थालेपछि प्रभु बैंकले रविन्द्र चौलागाईंले लिएको ऋण उठाउनको लागि ३५ दिने सूचनासमेत जारी गरेकाे थियाे। 

प्रभु बैंकका सिईओ अशोक शेरचनले देउराली सहकारी, शिवशिखरलगायत नाम चलेका सहकारीहरुमा अरबाैं रुपैयाँ खराब कर्जा प्रवाह गरेको पाइएको छ। ती सहकारीहरुले आफ्नो निक्षेपकर्ताहरुलाई त रकम दिन नसकिरहेको अवस्थामा प्रभु बैंकबाट लिएकाे ऋण र साँवा कसरी बुझाउँछन्। त्यस कारण पनि प्रभु बैंक कुनै पनि बेला धराशाही हुने अवस्थामा पुग्ने पक्कापक्की जस्तै भएको प्रभु बैंककै कर्मचारीहरुले बताउने गरेका छन्।  

जब बैंकले ३५ दिने सूचना जारी गरेपछि चौंलागाईंं तिल्मिलाउँदै विभिन्न संचार माध्यममा प्रभु बैंकले अरबौंको सम्पत्ति खाने योजना बनायो भन्दै  पत्रकारलाइ पैसा वितरण गरेर झुटा समाचारहरु प्रकाशित गर्न समेत पछि परेका थिएनन्। विगतमा चौलागाईं र शेरचन मिलेर यस्ता धेरै खराब कर्जामा ऋण प्रवाह भएको समेत स्रोतले दाबी गरेको छ। अहिले शेरचन र चौंलागाईंको कुरा नमिल्दा रवीन्द्र चौंलागाईं संकटमा परेकाे स्रोतले दाबी छ। प्रभु बैंकले प्रवाह गरेका ऋण धेरैजसो खराब नजिर भएका संस्था र व्यक्तिमा लगानी गरेको पाइएको छ।

 बैंकले डुव्दै गरेका कम्पनीका नाममा कर्जा प्रवाह गर्ने र त्यसबाट सिइओले फाइदा लिने गर्दा बैंकको रकम जोखिमतर्फ गएको हो। बैंकको खराव सुचाङ्क बढ्दै गएको छ।  सेन्चुरी बैंकबाट पनि देउराली सहकारीका विवादित र निक्षेपकर्ताहरुको अगाडि समेत पर्न नसक्ने अवस्थामा पुगेका रविन्द्र चौंलागाईंले अरबौं ऋण लिएको र सो ऋणको सावाँ र ब्याजसमेत नतिरेका कारण सेन्चुरी र प्रभु गाभिदा झन् प्रमु बैंकलाई सिधै असर पर्दा प्रभु बैंक कुनै पनि बेला धरासाही अवस्थामा पुग्न सक्छ।

 शेरचनले व्यक्तिगत स्वार्थका लागि मनपरी ढंगले गलत कम्पनीमाथि लगानी गर्दा बैंकको खराब कर्जा निकै बढेको छ। प्रभु बैंकको एनपीएल गत आर्थिक वर्षमा १ दशमलव २१ प्रतिशत रहेकोमा अहिले बढेर ३ दशमलव ४८ प्रतिशत पुगेको हो। यो प्रतिशत तुलनात्मक हिसावले हेर्दा झण्डै दोब्बरले बढी हो। त्यस्तै बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो। पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ। त्यसो त अशोक शेरचनलाई उनको मनपरीमा लगाम लगाउने कोही देखिँदैन। बैंक तथा वित्तीय संस्थाका नियामक निकाय नेपाल राष्ट्र बैंक समेत शेरचनको प्रभावमा परेकाे देखिन्छ। 

त्यस्तै, चौलागाईंले काठमाडौं जिल्ला प्रहरी परीसरका एसपी कुमोध ढुंगेलका साथै ललितपुर जिल्लाका गुण्डा नाईके मीन कृष्ण महर्जन र काभ्रेका गुण्डा नाईके एंवम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहेका गणेश लामालाइ समेत करौडौं रूपैयाँ दिएको चौलागाईं आफैले भन्दै हिड्ने गरेको उनकै सारथिले बताउने गरेका छन्। देउराली बहुउद्देश्यी सहकारी चलाउँदै आएका सहकारी क्षेत्रकै ठगि धन्दाका चतुर खेलाडी रबिन्द्र चौलागाईंले करिव १० करोड रूपैयाँ काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रहरी प्रबक्ता समेत रहेका कुमोध ढुंगेललाई घुस दिएको विषयमा चौलागाईंले नै बाताने गरेका छन्।

यसरी भन्दै हिड्ने देउरालीका अध्यक्षलाई कारबाही किन नगर्ने ? यदि घुस खाएको भए एसपी कुमोध ढुंगेललाई पनि किन कार्वाही नहुने? आजको सोचनिय विषय बनेको छ। होइन भने गरिब जनताले पसिना बगाएर एक-एक रूपैयाँ जम्ममा गरेर राखेको रूपैयाँ कसैको पनि रजाइ गर्न पाउने अधिकार छैन।