• गृहपृष्ठ
  • प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

Sep 28th, 2023

काठमाडौं, असोज १०

नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् ।
सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्याण्डको बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधिको रूपमा प्रतिस्पर्धा गरि नेपाली युवा प्रज्वल ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको हो

३६ देशबाट ३६ सै जना सहभागि भएको उक्त प्रतिष्पर्धामा नेपालको तर्फबाट प्रज्वल ताम्राकार सहभागि भएको थिए ।
प्रतियोगितामा उनले प्रारम्भिक चरणमा ‘लाखे’ लाई राष्ट्रिय पोशाकको रुपमा प्रस्तुत गरेका थिए । सहभागि प्रतिष्पर्धी उम्मेद्वारहरूमध्ये सबैभन्दा मिलनसार, आकर्षक व्यक्तित्व र महत्वाकांक्षी उम्मेदवार रहेको भन्दै ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । प्रज्वल ताम्राकारले सेप्टेम्बर ११ मा थाइल्याण्डको अयुथयामा भएको १५औं मिस्टर इन्टरनेशनलको परम्परागत रनवेमा नेपालको परम्परागत पोशाकको रूपमा ‘दौरा सुरुवाल’ प्रस्तुत भएका थिए ।

सो पोशाकको डिजाइनले नेपालको हिमाल, पहाड र तराई क्षेत्र र ती क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न जातीय समूहहरूलाई प्रतिनिधित्व गर्दछ । यसले नेवारी संस्कृति र नेपाल दुवैको प्रतिनिधित्व गर्दछ । उनलाई बैंककमा अवतरणको क्रममा नेपालको राष्ट्रिय कवजसहित स्वागत गरिएको थियो । ३६ देशबाट प्रत्येक १ जना सहभागि भएको उक्त प्रतियोगितामा थाईल्याण्ड पहिलो, भनेज्वयला दोस्रो र ब्राजील तेस्रो भएका थिए ।