• गृहपृष्ठ
  • स्वास्थ्य बीमा कार्यक्रमको बारेमा संचारकर्मिहरूसंगको अन्तरक्रिया कार्यक्रम

स्वास्थ्य बीमा कार्यक्रमको बारेमा संचारकर्मिहरूसंगको अन्तरक्रिया कार्यक्रम

Sep 28th, 2023

काठमाडौं, असाेज १

राष्ट्रिय बीमा बोर्डले  बिहीबार स्वास्थ्य बीमा कार्यक्रमको बारेमा संचारकर्मिहरूसंगको अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।

साे अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयबीच कुनै टसल नभएको दाबी गरेका छन्। 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य बीमा बोर्डको सम्पर्क तथा अनुगमन गर्ने निकाय हो, मन्त्रालय बोर्डको कामप्रति चित्त नबुझेको अवस्थामा जुनसुकै समय पनि सोधपुछ गर्न सक्छ, त्यसैले यसमा अन्यथा सोच्नु आवश्यक छैन’ निर्देशक बसौलाले भने। 

उनले मन्त्रालयले बीमा बोर्डलाई आवश्यक ठानेको अवस्थामा जुनसुकै बेला  स्पष्टीकरण सोध्न सक्ने स्वीकार गरे। कार्यक्रममा बीमा बोर्ड र यससँग सम्बन्धित पछिल्लो समय उठेका प्रश्नमाथि जवाफ दिदैं उनले भने- ‘स्रोत साधनको चरम अभावका बाबजुत पनि ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुग्न सक्नु सामान्य कुरा होइन, यसलाई हामी सबैले स्वीकार गर्न सक्नुपर्छ।’ 

उनका अनुसार २०७९ असार मसान्तसम्म  कूल बिमितको संख्या २४.५९ प्रतिशत रहेको छ भने नवीकरण गर्ने बिमित ६१.२७ प्रतिशत रहेका छन्। २०८० असोज ४ गतेसम्म ३३.२३ प्रतिशत परिवार स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका छन्।

सोही अवधीमा नवीकरण दर ६० प्रतिशत तथा सेवा उपभोग दर ४५ प्रतिशत  उनी बताउँछन्। हालसम्म बीमा बोर्डले सेवा प्रदायकलाई ३४,५७,०६,२८,६९० रकम भुक्तानी गरेको बसौलाले बताए।