• गृहपृष्ठ
  • ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह

ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह

Sep 27th, 2023

काठमाडाैं, असाेज ९

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका सामाजिक अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आग्रह गरेको छ ।

सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र मेयर बालेन साहसँग माग गर्दै ८ दिनदेखि सभागृहको गेटबाहिर उभिँदै आएका ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगले आग्रह गरेको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै धर्नामा रहेका ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न सरकार र महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।