• गृहपृष्ठ
  • प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्याे

Sep 27th, 2023

काठमाडौं, असाेज ९

प्रिओपन सेसनमा नेप्से सूचक ०.६० अंकले बढ्यो । योसँगै सूचक २०२३.५२ अंक पुगेको थियो ।

योसँगै सेसन अवधिमा २५ कम्पनीको २५ सय ३१ कित्ता सेयर किनबेच भएको थियो । जसमध्ये १३ कम्पनीको भाउ बढेको छ भने ११ वटाको मूल्य घटेको छ । उक्त सेयर किनबेचबाट ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।