• गृहपृष्ठ
  • एसियाली खेलकुदः पुरुष क्रिकेटमा नेपालको तीन वटा विश्व किर्तिमान

एसियाली खेलकुदः पुरुष क्रिकेटमा नेपालको तीन वटा विश्व किर्तिमान

Sep 27th, 2023

काठमाडौ १० असोज

एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज तीन वटा विश्व किर्तिमान कायम गरेको छ । नेपाल– मंगोलियाबीचको जारी खेलमा तीनवटा किर्तिमान कायम गरेको हो ।

चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा कुशल मल्लले ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् ।उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गरेर बनाएको कीर्तिमान तोडेका हुन् ।

मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिँदै नेपालले ती किर्तिमान कायम गरेको हो । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको छ । नेपालले टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ, यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका रेकर्ड थियो ।

यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक बनाएका थिए ।

त्यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान कायम गरेका छन, उनले ९ बलमै अर्धशतक पुरा गरेर सो रेकर्ड कायम गरेका हुन ।