• गृहपृष्ठ
  • माइतीघरमा डाक्टरहरुको विरोध प्रर्दशन, यस्तो छ कारण

माइतीघरमा डाक्टरहरुको विरोध प्रर्दशन, यस्तो छ कारण

Sep 26th, 2023

काठमाडौँ ९ असोज

डाक्टरहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका हुन् ।
अहिले विभिन्न ठाउँबाट र्‍यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

डाक्टरमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो । पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबारडाक्टरमाथि कुटपिट भएको थियो । यसअघि पनि गत २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर(१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर, हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।