• गृहपृष्ठ
  • असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल व्यापार मेला हुने

असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल व्यापार मेला हुने

Sep 24th, 2023

ललितपुर, असोज ७

असोज १० गतेदेखि ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ जुत्ता चप्पल व्यापार मेला हुन लागेको हो ।

नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउन उक्त मेला आयोजन हुन लागेको हो । ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगर पालिका अन्तरगत जाउलाखेल खेल मैदानमा बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुन लागेको हो ।

आर्थिक मन्दी र वैकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएकाको बेला उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त उक्त मेला हुन लागेको आयोजकले जनाएको छ ।

स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सवै नेपालीहरुमा हुने हो भने देशमा सवै प्रकारका उद्योगहरु खुल्न सक्ने वातावरण बन्न मेला आयोजकले जनाएकोछ

मेलामा प्राप्त हुने अवसरहरु :-

– मेला अवधि २०८० आश्विन १० गते देखि २०८० कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ ।
– वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध हुनेछन् ।
– मेला विहान ९ वजे देखि वेलुकी ७ वजे सम्म खुल्ला रहनेछ ।
– मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – विएफ डियर हिल र वि।एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आरडि कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डिजे शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।
– मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन ।
– मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् ।
– नयाँ उत्पादनहरु उक्त मेलामा लञ्च गरिने छन् ।
– मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइनेछ ।
– मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएकोछ ।
– निःशुल्क प्रवेश ।